स्वास्थ्य प्रमुखले प्रमाणित गरेपछि मात्र अब कोभिडको सूचना जारी हुने

बाँके । कोरोना महामारीको तथ्याँक अध्यावधिक हुन नसकिरहेले अब स्वास्थ्य कार्यालयबाट आधिकारी हस्ताक्षर भएपछि मात्र कोभिड–१९ को सूचना सार्वजनिक हुने भएको छ ।

प्रदेश सकार, प्रदेश न–५, सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले सबै स्वास्थ्य कार्यालयहरुलाई एक पत्र जारी गर्दै जिल्लामा कोभिड–१९ सम्बन्धीको सूचना जारी गर्नुभन्दा अगाडी स्वास्थ्य कार्यालयका प्रमुखले हस्ताक्षर गरेपछि मात्रै सार्वजनिक गर्न निर्देशन दिएको हो ।

जिल्लाको कोरोना महामारी सम्बन्धीको सूचना यस निर्देशनालयमा अध्यावधिक नभएको, फ्रन्टलाईनमा कार्यरत स्वास्थ्यकर्मी आफै संक्रमित भइरहेकाले सोको तथ्याँक समेत समयमै अध्यावधिक हुन नसकिरहेको अवस्था देखिएको निर्देशनालयले जारी गरेको पत्रमा उल्लेख छ ।

पत्रमा भनिएको छ, ‘जिल्लाको कोभिड–१९ सम्बन्धी सूचना बिभिन्न सामाजिक संजालमार्फत सार्वजनिक गर्नुभन्दा अगाडी सम्बन्धित स्वास्थ्य कार्यालयका प्रमुखले प्रमाणित गरी स्वास्थ्य निर्देशनालयबाट उपलब्ध गराइएको फारमहरु अध्यावधिक गरी पठाईसके पश्चात मात्र सार्वजनिक गर्न गराउन जानकारी गराईन्छ ।’

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

Previous articleबडादसैं आजदेखि सुरु, घटस्थापनाको शुभ साइत बिहान ११ : ४६ मा
Next articleशुभकामना आदान प्रदान कार्यक्रमसंगै देउसी भैलो खेल्न नपाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here