‘वीर नेपाली सेना’ गीत बिमोचित

काठमाण्डौं । राष्ट्रिय एकताको प्रतीक ‘वीर नेपाली सेना’ शीर्ष गीतको बिमोचन गरिएको छ ।

आर्मी अफिसर्स क्लब काठमाडौँमा मंगलबार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले एक समारोहकाबीच विमोचन गर्नुभयो ।

बिमोचन कार्यक्रममा नेपाली सेनाका उच्च तहका अधिकृतहरूका साथै नेपाली गीत संगीत र कलासाहित्यका विशिष्ट स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय भावना र स्वाधीनताको अभिव्यक्ति रहेको विमोचित गीतको छायाँचित्रसमेत प्रस्तुत गरिएको तथा गीतका स्रष्टाहरूलाई प्रमुख अतिथिले सम्मानपत्र पनि प्रदान गर्नुभएको थियो ।

नेपाली सेनाको इतिहास प्रस्तुत गरिएको यस गीतमा नेपाली सेनाको औचित्य, आवश्यकता र उद्देश्यलाई यस गीतको विषयगत पक्षमा समेटिएको छ ।

Previous articleनेपालगञ्ज बसपार्कमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था
Next articleनिर्वाचित तथा बिभिन्न जिम्मेवारीमा आगन्तुक प्रहरी निरीक्षकको स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here