२५० जनालाई निःशुल्क दन्त सेवा प्रदान

नेपालगन्ज । संविधान दिवस-२०८० को अवसरमा बाँकेको कोहलपुर नगरपालिकास्थित कौशल्या मेमोरियल हस्पिटलमा निःशुल्क दन्त शिविर संचालन गरिएको छ ।

कोहलपुर वडा नं-९ हवलदारपुरस्थित हस्पिटलद्वारा आयोजित निःशुल्क दन्त शिविरमा विभिन्न ठाउँबाट जटिल तथा सामान्य दाँतका २ सय ५० जना बिरामीहरुलाई निःशुल्क जाँच तथा उपचारका साथै निःशुल्क औषधी वितरण गरिएको छ ।

सो अवसरमा हस्पिटलको प्राङ्गणभित्र सञ्चालित अत्याधुनिक डेन्टल युनिटको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले उद्घाटन गर्नुभएको थियो ।

शिविरमा डा.बिश्वनाथ चौधरीको संयोजकत्वमा डा.लोकराज खनाल, डा.आष्मा जिसी, डा. मोहम्मद अहमद खान, डा.सीमा वर्मा लगायतले चेकजाँच तथा सेवा प्रदान गर्नुभएको हस्पिटलका प्रबन्ध निर्देशक चन्द्र महतोले जानकारी दिनुभयो ।

Previous articleनेपालगन्ज उद्योग वाणिज्य संघद्वारा उद्योग मन्त्री रिजाललाई ११ बुँदे ज्ञापन पत्र
Next articleविश्व शान्ति दिवस मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here