‘नेपालगञ्ज मेरो दोस्रो घर हो’ : नायिका अधिकारी

नेपागञ्ज । नेपाली चलचित्र परदेशी-२ को नायक नायिकासहितको टिम प्रचार प्रसारमा निस्केको छ । चलचित्रको प्रचार प्रसारको क्रममा सो टिम नेपालगञ्ज आइपुगेको छ ।

टिमले आइतबार नेपालगञ्जमा पत्रकारहरुसंग भेटघाट गर्दै समाजको वास्तिक कथाबस्तुमा आधारित चलचित्र परदेशी-२ लाई माया गरिदिन आग्रह गरेको छ । टिमले भन्यो, ‘चलचित्र हेरेपछि दर्शकले भन्ने छन्, सारै राम्रो चलचित्र, त्यसकारण हामीले भन्नुभन्दा पनि दर्शकले हेरेर नै प्रतिक्रिया दिन अनुरोध छ ।’

चलचित्रका निर्माता तथा निर्देशक नारायण रायमाझी, नायिका केकी अधिकारी गायक तथा नायक प्रकाश सपूत लगायतको टिम चलचित्रको प्रचार प्रसारका लागि देश दौडाहामा निस्केको हो । पत्रकारसंग कुरा गर्दै नायिका अधिकारीले नेपालगञ्ज आफ्नो दोस्रो घरको रुपमा रहेको र अरु ठाउँभन्दा यहाँको माया लागिरहने गरेको बताउनुभयो ।

आफ्नो थुप्रै चलचित्र बाँकेमा छायाँकन्न भएको भन्दै नायिका अधिकारीले यहाँ चलचित्रलाई माया गर्ने दर्शकहरु धेरै रहेको पनि आफुले पाएको बताउनुभयो । ‘नेपाल चलचित्रलाई माया गरेर सहयोग गर्नुपर्छ,’ नायिका अधिकारीले भन्नुभयो, ‘तपाई हामी सबैले नेपाली चलचित्रलाई माया गर्नुर्छ र यहाँका चलचित्र प्रेमीले त्यो माया दिनेमा आशावादी छु ।’

चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सचिव बिक्रम बुढाक्षेत्रीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकारको उपस्थिति रहेको थियो ।

चलचित्रमा वर्षा शिवाकोटी, दिलिप रायमाझी, प्रशान्त तामांग, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु र रोशनी कार्की लगायतको अभिनय रहेको छ । चलचित्र यही असोज २६ गतेदेखि प्रदर्शन हुने भएको छ ।

Previous articleसमाजसेवी चार संस्था पुरस्कृत
Next articleसुर्खेत जाँदै गरेको रात्री बस दुर्घटना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here