
सुर्खेत । काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बस दाङमा दुर्घटनामा परेको छ ।
पूर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको बस आज बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा २५ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । बसमा ४५ जना यात्रु सवार थिए ।
गम्भीर घाइतेलाई लमही अस्पताल र अन्यलाई स्थानीय स्वास्थ्य चौकी लगिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





