नेपालगञ्जमा बजार अनुगमन, पाँच पसललाई कारवाही

नेपालगञ्ज । उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै बजार अनुगमन समितिले नेपालगञ्जमा अनुगमन गरि बिभिन्न व्यवसायीक प्रतिष्ठानहरुलाई कारवाही गरेको छ ।

नेपालगञ्जको पुष्पलाल चोक क्षेत्रमा बुधबार बिभिन्न व्यवसायीक पसलहरुमा गरिएको अनुगमनमा अनैतिक कार्य गरेको भेटिएका पसललाई जरिवाना तिराउँदै कारवाही गरिएको हो ।

पछिल्लो समय अनुगमन कार्यलाई नियमित बनाएको समितिले दुई महिनाभित्र अनैतिक कार्य गरेका बिभिन्न पसललाई कारवाही गर्दै ठुलो रकम जरिवाना तिराएको छ । गत साउन र भाद्र महिनामा मात्र समितिले गरेको अनुगमनबाट बिभिन्न प्रतिष्ठानहरुलाई कारवाही गर्दै ११ लाख बढी जरिवाना असुल गरेको छ ।

बुधबार भएको अनुगमनबाट पनि दुई लाख ५० हजार कारवाही स्वरुप जरिवाना तिराइएको छ । उपभोक्ता मञ्च नेपाल बाँकेका अध्यक्ष सुदिप भट्टराईका अनुसार बुधबार नेपालगञ्जका पाँच पसलमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा मापदड बिपरित रहेका, अनैतिक कार्य गरेका २ वटा किराना पसल, १ वटा एग्रोभट, १ वटा मोबाईल पसल र १ वटा रेडिमेड कपडा पसललाई कारवाही गर्दै सो जरिवाना असुल गरेको मञ्चका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।अनुगमनकै क्रममा म्याद गुज्रेका सामान समेत बरामद गरि नष्ट गरेको छ । समितिले ३२ हजार बढीको अखाद्य सामाग्री बरामद गरि नष्ट गरेको जनाएको छ । बजार अनुगमन समितिले साउनयता १६ जिल्लामा अनुगमन गरेर बिभिन्न व्यवसायीक प्रतिष्ठानलाई कारवाही गर्दै १४ लाख जरिवाना असुल गरेको छ ।

अनुगमनमा वाणिज्य आपूर्ति था उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख बिष्णु प्रसाद धिताल, अधिकृत देवीलाल चौलागाई, नायब सुब्बा डम्बर बहादुर बुढा, पुस्करराज उपाध्याय, लेखापाल मुकुन्द भट्टराई, उपभोक्ता मञ्चका अध्यक्ष भट्टराई, सहसचिव तुलसी वर्नवाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि रामहरी लामिछाने, संगम दहाल, नेपालगञ्ज उपमहानगरपालिकाका प्रतिनिधि अमर चिडिमार, नेपालगञ्ज उद्योग वाणिज्य संघका सदस्य शिव प्रसाद दहाल, नेपाली उपभोक्ता संरक्षण महासंघका अध्यक्ष डा.बिनोद कर्ण, उपभोक्ता हित संरक्षण मञ्च बाँकेका प्रभात सिंह ठकुरी, डिल्ली प्रसाद जैशी (न्यौपाने) को सहभागिता रहेको थियो ।

Previous articleतोडफोड तथा कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सबै सूचना अस्पतालमा टाँस्न निर्देशन
Next articleनिलसागर आठौं वर्षमा प्रवेश, अलपत्र भवन पुरा गर्ने मन्त्री मास्कीको प्रतिबद्धता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here