निलसागर आठौं वर्षमा प्रवेश, अलपत्र भवन पुरा गर्ने मन्त्री मास्कीको प्रतिबद्धता

नेपालगञ्ज । नेपालगञ्जस्थित निलसागर सेवा आश्रमले आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । शुक्रबार लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्कीको बिशेष उपस्थितिमा आफ्नो सातौं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ मन्त्री मास्कीले आफू पदमा रहँदासम्म आश्रमलाई सहयोग गर्ने र अहिलेसम्म आश्रममा चलाउन सक्ने आट क्षमतालाई राज्यले बुझ्नुपर्ने बताउनुभयो ।

यसरी सडक आश्रित बालबालिका तथा वुवाआमालाई आश्रय दिन र पालन पोषणमा सेवा दिनु सामान्य कुरो नरहेको भन्दै मन्त्री मास्कीले अपुर्ण रहेको भवनलाई पूरा गरि आफ्नै कार्यकालमा उद्घाटन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

निलसागर सातौं बर्ष पूरा गरि आठौं वर्षमा प्रवेश गरिरहँदा आश्रमको आफ्नै भवन नहुनुको पिढा र विगत जस्तो थोरै जनामा संचालन गरेर शुरु गरेको निलसागर हिजोआज हजारौं जनाको बासस्थान र थुप्रै ठाउँमा शाखा बिस्तारले आश्रम चलाउन ग्राहो भएको आश्रमकी अध्यक्ष सरिता खनालले बताउनुभयो ।

अध्यक्ष खनालले लुम्बिनी प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभएको भवन निर्माण कार्य अधुरै रहेकोले सो कार्य पुरा गर्न सहयोग गर्नुहुन मन्त्री मास्कीसँग आग्रह गर्नुभयो ।

निलसागरलाई यहाँसम्म ल्याउन नेपालगञ्जबासीहरुको धेरै सहयोग रहेपनि यसको दिगोपनाका लागि सबै पालिकाले सहयोग गर्नुपर्ने समेत आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्ले, दाङ राप्ती गाउँपालिकाका अध्यक्ष तथा दाङ निल सागर सेवा आश्रमका पुर्व अध्यक्ष प्रकाश विष्ट, नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, खजुरा गाउँपालिका उपप्रमुख मन्जु मल्ल, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, विजय कुमार गुप्ता, देभराज भारलगायतको उपस्थिति रहेको थियो ।

निलसागर सेवा आश्रमले हरेक बर्ष सम्मान गर्ने क्रममा आश्रमका उत्कृष्ट कर्मचारी, सहयोगी दातालाई सम्मान गरेको छ । कार्यक्रमलाई आश्रमका उपाध्यक्ष नारायण सुवेदिले संचालन गर्नुभएको थियो ।

Previous articleनेपालगञ्जमा बजार अनुगमन, पाँच पसललाई कारवाही
Next articleसञ्चारकर्मी धम्क्याउने स्वास्थ्य शाखा प्रमुख ठकुरीद्वारा आत्माआलाेचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here