नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघकाे सभापतिमा खडका चयन

नेपालगन्ज । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. नेपालगन्ज मेडिकल कलेज कर्मचारी संघको सभापतिमा याम बहादुर खडका सर्वसम्मत चयन हुनुभएकाे छ ।

शनिबार मेडिकल कलेज परिसरमा भएकाे संघकाे तेस्रो केन्द्रीय अधिबेशनबाट खड्काको नेतृत्वमा ३१ सदस्य कार्यसमिति सर्बसहमत गठन गरिएको हाे ।

अधेवशनबाट कार्यसमिति बरिष्ठ उप-सभापतित्रयमा पूर्ण कुमार सिंह ठकुरी, साहबुदिन खान र प्रकाश लामिछाने, उप-सभापतिद्वयमा अन्जु न्यौपाने र पुतला बिस्ट महासचिवमा नारायण प्रसाद पोख्रेल, उप-महासचिवमा उर्मिला खनाल, सचिवद्वयमा चन्द्र नारायण मण्डल र पवित्रा बिस्ट, कोषाध्यक्षमा अभिशेष सिंह ठकुरी र सह-कोषाध्यक्षमा जितेन्द्र कुमार यादव निर्वाचित हुनुभएको छ ।

यस्तै कार्यसमिति सदस्यहरूमा मित्रा कुमारी रेग्मी, प्रेम कुमारी वस्नेत, शरद कुमार रेग्मी, राधेश्याम वाल्मीकि, उमेश के. सि., यज्ञ कुमारी ढकाल, लोक प्रसाद चापागाई, कृष्ण पन्थी, दुर्गा भण्डारी, सविता लम्साल, होम व. वि.क, सुष्मा खत्री, तुल्सी रावत, तिलक व. चन्द, भोज कु. गिरि, मिस्री लाल कोरि, नलिना पाण्डे, राजु थापा छेत्री र प्रेम बि. क. चयन हुनुभएको छ ।

Previous articleसञ्चारकर्मी धम्क्याउने स्वास्थ्य शाखा प्रमुख ठकुरीद्वारा आत्माआलाेचना
Next articleकुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न नगर प्रहरीलाई नगर प्रमुख आचार्यको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here