सञ्चारकर्मी धम्क्याउने स्वास्थ्य शाखा प्रमुख ठकुरीद्वारा आत्माआलाेचना

नेपालगन्ज । समाचारकाे बिषयलाई लिएर सञ्चारकर्मीलाई अमर्यादित शब्द बाेल्ने तथा धम्क्याउने काेहलपुरका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले आत्मआलाेचना गर्नुभएको छ ।

स्वास्थ्य शाखा प्रमुख ठकुरीले काेहलपुर टाईम्स अनलाइनका सञ्चारकर्मी प्रमाेद रिजाललाई आफुले सम्पर्क गरेकाे र साे क्रममा अमर्यादित शब्द बाेलेकाे स्वीकार गर्दै साे कार्यप्रति क्षमा माग्दै आत्माआलाेचना गर्नुभएको हाे ।

उहाँले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमै क्षमायाचना गर्नुभएको छ ।साथै साे बिषयमा जानकारी गराउँदै कोहलपुर नगर अस्पतालसहित नगर क्षेत्रका स्वास्थ्य संस्थाका लागि कोहलपुर नगरपालिकाले औषधि खरिदका लागि मिति २०८० असोज १ गते टेन्डर आह्वान गरिसकेको जनाईएकाे छ ।

स्वास्थ्य शाखा प्रमुख ठकुरीले खरिद प्रक्रिया अगाडि बढिसकेकाले केहिदिन भित्र औषधि खरिद भई सबै स्वास्थ्य संस्थामा वितरण गरिने र अहिलेपनि औषधिको अभाव व्यवस्थापनका निमित्त आफुहरू अहोरात्रा खटिरहेकाे बताउनुभयो ।

उहाँले जारी गरेकाे विज्ञप्तिममा लेखिएको छ । ´औषधीकै सन्दर्भमा कोहलपुर टाइम्स अनलाइनमा कोहलपुर नगर अस्पतालमा छैन सिटामोल, ल्याव मेसिन समेत बेकामे’ शिर्षकको समाचारका विषयमा मेरो व्यक्तिगत चरीत्र हत्या गर्ने गरि नाम जोडिएर प्रकाशित समाचारमा मेरो असहमति हो ।

त्यसै विषयमा संचारकर्मी प्रमोद रिजाललाई मैले फोन गरेको हो । फोन संवादका क्रममा संचारकर्मी रिजालमाथि अमर्यादित शब्द प्रयोग गर्न पुगेकोमा म आत्माआलोचना सहित क्षमायाचना माग्दछु । साथै रिजालसहित कुनैपनि संचारकर्मी, पत्रकार तथा संचार संस्थासंग मेरो कुनै पूर्वाग्राह छैन ।

समाचार लेख्दा कम्तीमा सम्बन्धित व्यक्ति वा संस्थाको धारणा राख्नु पत्रकारिताको न्युनतम मापदण्डको ख्याल गरिदिन आमसंचारकर्मी साथिहरुलाई आग्रह गर्दै स्वतन्त्र प्रेसको सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।`

Previous articleनिलसागर आठौं वर्षमा प्रवेश, अलपत्र भवन पुरा गर्ने मन्त्री मास्कीको प्रतिबद्धता
Next articleनेपालगन्ज मेडिकल कलेज कर्मचारी संघकाे सभापतिमा खडका चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here