तेलियनपुरका ३३ जना युवाले गरे रक्तदान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२१, तेलियनपुरमा आइतवार रक्तदान गरिएको छ । तेलियनपुर टोल विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा आइतवार रक्तदान गरिएको हो ।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ आयोजित उक्त रक्तदानमा ३३ जनाले रगत दान गरेको समितिका अध्यक्ष भागिराम बुढामगरले जानकारी दिनुभयो । ‘रगतको कमीले अनाहकमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने ध्ययले रक्तदान गरेका हौ ।’ तेलियनपुर टोल विकास समितका अध्यक्ष बुढामगरले भन्नुभयो,-‘पछिल्लो समय रगत अभावका विरामीले भोग्नु परेको सास्तीलाई मध्यनजर राखि रक्तदान गरेका छौं, यो हाम्रो पहिलो प्रयास हो । आगामी ३-३ महिनामा नियमित रक्तदान गर्ने योजना बनाएका छौं ।’

टोलको बिकासका लागि विभिन्न सामाजिक कार्य गर्दै आएको समितिले टोल सुधारको योजना बनाई सरसफाई अभियान, लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतिकरण, देउसीभैलोबाट संकलित रकम टोल विकासमा खर्च गर्नुका साथै सामाजिक परोपकारका कार्य गर्दै आएको समितिका सचिव मोहन पुनले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा क्षेत्रीय रक्त सञ्चार केन्द्रका वरीष्ठ रक्त प्राविधिक सोमप्रकाश सापकोटाको नेतृत्वमा ६ जनाको टोली खटेको थियो । जसमा सहायक रक्त प्राविधिक पुनम राना, प्रशान्त तिवारी, अनिशा थारु, वीरेन्द्र योगी र केशर सिंह डाँगी रहनुभएको थियो । वरीष्ठ रक्त प्राविधिक सापकोटाका अनुसार रक्तदानमा आएका २० जनाको रक्तचाप उच्च र न्यून भएको पाइएपछि रक्तदान गर्न पाएनन् ।

उक्त रक्तदान कार्यक्रममा मन्दिप चौधरी, रेशम हमाल, रोशन सुनार, अर्जुन सुनार, रिसब पुन मगर, पुरन सुनार, विकास पोख्रेल, चिन्ता सुनार, सोनीलाल बुढाथोकी, रामप्रसाद सुनार, लक्की परियार, सुशिल विश्वकर्मा, कृष्ण पुन, सन्तोष सुनार,कमला खड्का, निराजन पुन, मनकुमारी सुनार,तारा थापा, शिशिर थापामगर, दिपेश चौधरी, खगेन्द्र शाही, उमेश सुनार, रुद्र पुन, मोहन कुमार पुन, नारायणी पुन, माया सुनार, पप्पु दर्लामी, रमेशनाथ भट्टराई, सोनीराम सुनार, लोकबहादुर सुनार, रमेश बढही र अनिसा रोकायले रक्तदान गर्नुभएको छ ।

Previous articleशान्ति तथा सद्भावका लागि संवाद
Next articleएमाले बाँकेको तीन दिने स्कूलको समापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here