
नेपालगन्ज । नेकपा (एमाले) बाँके जिल्ला स्कुल विभागको आयोजनामा संचालित तीन दिने स्कूल आइतबार सम्पन्न भएको छ ।
समापनको अन्तिम दिन स्कुलमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीका मुल रणनीति तथा कार्यक्रमका साथै विभिन्न मिसन हुन्छन ती मिसन सफल बनाउनका लागि निश्चि अभियान हुन्छन त्यही अभियान अन्तरगत यो स्कुल पनि एक अभियान भएको बताउनुभयो ।
उहाँले मिसन ८४मा एमाले पार्टी कमिटीको जति भुमिका रहने छ त्यो भन्दा पढी भुमिका जनवर्गिय संगठनले निर्वाह गर्नु पर्ने उल्लेख गर्नुभयो । यसका साथै उहाँले जनवर्गिय संगठन संचालनका नीति निर्देशन तथा व्यवहारिक पक्षमा प्रस्तुती दिनुभएको थियो ।
एमाले पार्टी स्कुलमा बाँके जिल्लाका ८ वटैं पालिकाका पदाधिकारीको मात्र सहभागिता रहेको थियो । यही १९ गतेदेखि संचालन भएको सो पार्टी स्कूलको उदघाटन एमालेका केन्द्रीय स्कूल विभागका प्रमुख तथा केन्द्रीय उपमहासचिब प्रदीप ज्ञवालीले उदघाटन गर्दै बाँकेले शुरुवात गरेको स्कूल हालसम्म लुम्बिनी प्रदेशमा पहिलो भएको भन्दै यो अभियान निरन्तर रुपमा संचालन गर्नु पर्ने बताउनुभएको थियो ।
नेता ज्ञवालीले उदघाटनका साथै माक्र्सवादी दर्शन र जनताको बहुदलीय जनवादका विषयमा उहाँको प्रस्तुती रहेको थियो । पार्टी स्कुलमा एमाले पोलिटव्यूरो सदस्य, खेममान खडका, लुम्बिनी प्रदेश स्कुलका संयोजक लक्ष्मण ज्ञवाली, केन्द्रीय सदस्यहरु, सूर्य ढकाल, केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल, प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति, स्कुल विभाग प्रमुख एवम उपाध्यक्ष डिल्ली बि.सी., सचिब रत्न खत्री लगायतकाको प्रस्तुती रहेको थियो ।
हरेक दिनको स्कूलको मुल्याकन केन्द्रीय सदस्य हारुन हलुवाई, शान्ति ढकाल र केन्द्रीय अनुसान आयोगका सदस्य देवराज भारले गर्नुभएको थियो । पार्टी स्कूल तीन दिन विहान ११ बजे देखि साँझ ५ बजेसम्म संचालन भएको एमाले जिल्लातहमा बाँके जिल्ला पहिलो भएको विभागीय प्रमुख बि.सीले बताउनुभयो । उहाँका अनुसार तीन दिनसम्म पार्टीका दर्शन, नीति, कार्यक्रम, अभियान र राजकीय शासन संचालनका विषयमा यसरी गहन रुपमा स्कुल संचालन हुने नेकपा (एमाले) मात्रै पार्टी हो ।
तीन दिने स्कुलमा जनताको बहुदलीय जनवाद (जबज) जनसंगठन सञ्चालन, परिचालन र कार्यक्रम, महाधिवेसनबाट पारित राजनीतिक कार्यक्रम, कार्यदिशा, समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा, आर्थिक व्यवस्था र प्रणाली, लेलिनवादी संगठनात्मक सिद्धान्त (जनवाद र केन्द्रीयता), सूचना प्रविधि, संचारको प्रयोग र उपयोग, विधान र यसका प्रावधानका विषयमा स्कुल संचालन भएको थियो । स्कुलमा हरेक विषयको प्रस्तुती र त्यसै प्रस्तुतीमा अन्तरक्रिया समेत गरिएको थियो ।





