
नेपालगञ्ज । बाँकेमा सुनचाँदीको गरगहना चोरी गर्ने एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले सुनचाँदीको गहनासहित एक युवालाई पक्राउ गरेको जनाएको छ ।पक्राउ गरिएका युवाको साथबाट धेरै मात्रामा गरगहनाका साथै अन्य सामान समेत प्रहरीले बरामद गरेको छ ।
चोरीको घट्ना विवरण यस्तो छ ।
मिति २०८०।०५।१८ गते जिल्ला बाँके खजुरा गा.पा.६ सिमलघारी स्थित रहेको आर.के. ज्वैलर्सबाट सुन चाँदीका गर गहना चोरी भएको भन्ने प्राप्त, भएको सुचना, मिति २०८०।०६।१५ गते जनता दुग्ध उत्पादक सहकारी सस्था लि.बाट ल्यापटप चोरी भएको भन्ने प्राप्त सूचना
र मिति २०८०।०६।१९ गते खजुरा गा.पा.३ खजुरा बजारमा रहेको दिप शिखा ज्वैलर्सबाट सुन चाँदीका गर गहना चोरी भएको प्रप्त सूचना पश्चात ईलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा आज मिति २०८०।०६।२१ गते सुर्खेतको सिम्ता गा.पा.५ बस्ने बर्ष २३ को शिव नेपालीलाई शिलशिलेवार रुपमा चोरी गरेका तपसिलका सुन चाँदीका गरगहना तथा ल्यापटपसहित पक्राउ गरी आवश्यक अनुसन्धान अधि बढाईएको छ ।
बरामद मालसामान तथा नगद रुः
एसर कम्पनिको ल्यापटप १ थान
नगद रु। ६,९७५।–
सुनको टुक्रा ५ ग्राम
चाँदीको औठी १२ थान
चाँदीको सिक्री ८ थान
चाँदीको मुन्द्रा ४५ थान
चाँदीको जन्तर २ थान
चाँदीको ब्रासलेट २ थान
चाँदीको पायल ४ थान
चाँदीको बिछिया ८ थान
चाँदीको लकेट १४ थान
चाँदीको सिक्का ३ थान
चाँदीको बाला १० थान
चाँदीको दुक्रा ८० ग्राम
साथै चोरी गर्दा प्रयोग भएका दरौती, पेचकस, रेन्ची, हथौडा, पिलास र चक्कु समेत बरामद भएको छ ।





