
नेपालगन्ज । स्थानीय तह तथा समाजमा मौलाएको भ्रष्टाचार, महंगी तथा कालोजारी नियन्त्रणमा नेपाली काँग्रेसले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
सरकारको नेतृत्व नेपाली काँग्रेसको गरेको र यही बेला देशमा भ्रष्टाचार, महंगी तथा कालोबजारी नियन्त्रण हुन नसकेको भन्दै यसतर्फ पार्टी तथा नेतृत्वले विशेष ध्यान दिनुुपर्नेमा जोड दिइएको हो ।
नेपाली काँग्रेस बाँकेले बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८० को अवसरमा सोमबार पार्टी कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा नियमित पत्रकार भेटघाटमा बोल्ने वक्ताहरुले सर्वसाधारणमा मर्का पर्ने गरी दैनिक उपभोग्य बस्तुको सामानको मुल्य अकाशिएको, जताततै भ्रष्टाचारले स्थान भएकोले पार्टीको जिम्मेवारी भएकाले यसमा सक्रियता जनाउन आग्रह गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष प्रेम केसीले बाँके जिल्ला पार्टीले पत्रकारसंगको भेटघाट कार्यलाई निरन्तरता दिएको भन्दै सराहना गर्नुभयो । उहाँले पार्टीले यस्ता कार्यलाई नियमिततासंगै अन्य रचनात्मक कार्य पनि गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले पार्टीले बजारका बस्तु भाउमा देखिएको बेथितिलाई नियन्त्रणमा सक्रियता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीले पार्टीमा क्रियाशिललाई नेतृत्वमा मात्रै पुर्याउने नभएर त्यस्ता ठाउँमा पुगेर देश र जनताका लागि गर्नुपर्ने कार्यमा नियमितरुपमा निर्देशन गरिरहन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य मैकुलाल बाल्मिकीले पार्टीले शुभकामना आदानप्रदान कार्यलाई नियमित बनाएको बताउँदै अगामी दिनमा पार्टीका नेतृत्व तथा स्थानीय तहमा रहेका नेतृत्वकतालाई समाज व्यप्त बेथिति नियन्त्रणका लागि समेत निर्देश गर्ने बताउनुभएको थियोे ।
काँग्रेस बाँके सभापति नारायाण गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पत्रकारका बिभिन्न संगठनका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने पार्टीका जिल्ला सचिव शुधान्सु कोईरालाले कार्यक्रम संचालन गर्नुभएको थियो ।





