मधुवनको भगरैयामा नेपाल बर्डर आउट पोष्ट स्थापना

बर्दिया । जिल्लाको मधुवन नगरपालिका वडा नं–३ भगरैयामा शसस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट स्थापना गरिएको छ । शनिबार नेपाल बोर्डर आउट पोष्ट भगरैयाको एक समारोहबीच उद्घाटन गरिएको छ ।

मधुवन नगरपालिकाका मेयर गणेश बहादुर के.सी.(कृष्ण) सशस्त्र प्रहरी बल नेपाल नं.–५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनी पति सप्रनामनि किशोर प्रधान तथा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लगायतका संयुक्त रुपमा पोष्टको उदघाटन गर्नुभएको हो ।

सरकारले पछिल्लो समय नेपाल भारत सीमा क्षेत्रमा शसस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना गरिने कार्यलाई बढाएको छ । पहिला ८७ वटा मात्र रहेको बोर्डर आउट पोष्ट सरकारले केही थप गरी १ सय १४ पुर्याएको छ ।

Previous articleपिछडिएका बस्तीहरुमा हात धुने अभ्यास
Next articleहोम आइशोलेशनमा मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here