पिछडिएका बस्तीहरुमा हात धुने अभ्यास

बाँके । जिल्लामा अहिले हात धुने अभियान संचालन भइरहेको छ । बिभिन्न प्रकारको संक्रमण हातको माध्यमबाट हुने हुँदा हात सफा हुनु आवश्यक छ । सोही सचेतनालाई बढि भन्दा बढि व्यक्तिलाई पुगोस, संक्रमण हुने सम्भावनाबाट जोगिउन भन्नका लागि जिल्लामा अहिले हात धुने अभियान संचालन भइरहेको हो ।

बिश्व हात धुने दिवस–२०२० को अवसरमा जिल्लामा एक महिनाका लागि यो अभियान संचालन गरिएको छ । खासगरी नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न वडा तथा टोलहरुमा स्वयं सेवकहरुले हात धुन सिकाउँदै आएका छन् । २३ वटा वडा रहेको नेपालगञ्जमा हालसम्म सय स्थानमा हात धुने अभियान संचालन गरिएको छ ।

स्वयं सेवकहरुले एक दिनमा ६ वटा कार्यक्रम गरिरहेको अभियान संचालन गरेको गेरुवा ग्रामीण जागरण संघ, बर्दिया नेपालगञ्जका यस परियोजनाका कार्यक्रम संयोजक गफ्फार अलि बेहना शेषले जानकारी दिनुभयो । एस एन भी नेपालको सहयोगमा नेपालगञ्जमा संचालन भएको स्वास्थ्य र बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजनामार्फत यो अभियान संचालन गरिएको हो ।

‘कोरोना महामारीबाट बच्नका लागि बेला बेला साबुन पानीले हात धुन आवश्यक रहेको कुरा बिश्व स्वास्थ्य संगठनले भनिररहेको छ,’ संयोजक शेषले भन्नुभयो, यसका साथै हात धुनले बिभिन्न प्रकारको संक्रमणबाट पनि बच्न सकिन्छ, हात धुनुपर्छ भन्ने कुरा धेरै थाहा भएपनि सहि तरिकाले हात नधुनुले नै मानिसमा संक्रमण लागिरहेको हुन्छ ।

स्वंसेवकले अझै १२ दिनसम्म हात धुने अभियान संचालन गर्ने छन् । अहिलेसम्म हजार बढिलाई हात धुने सहि तरिकाबारे अभिमुखिकरण समेत गरिएको छ । हातको माध्यमबाट कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुनाले बेला–बेलामा साबुन–पानीले २० सेकेण्डसम्म मिचिमिचि हात धुनु संक्रमणबाट बच्ने एउटा महत्वपूर्ण उपाय मानिन्छ । स्थानीयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन लगाएर कार्यक्रममा सहभागि गराउने गरिएको छ । गत १५ अक्टुबरमा यस वर्ष हात धुने दिवस परेको थियो ।

Previous articleमाताको जयकाराले गुञ्जियो नेपालगन्ज
Next articleमधुवनको भगरैयामा नेपाल बर्डर आउट पोष्ट स्थापना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here