भेरी अस्पतालमा शुक्रबारदेखि रु २० मा पेटभरी खाना

फाइल तस्बिर : श्रोत गुगल

बाँके । भेरी अस्पताल नेपालगञ्जमा शुक्रबारदेखि २० रुपैयामा पेटभरी खाँना बितरण शुरु हुने भएको छ । अस्पतालमा आउने बिरामी तथा कुरुवा र सर्वसाधारणका लागि शुक्रबारदेखि २० रुपैया मै पेटभरी खाना अभियान संचालन हुने भएको हो ।

शुन्दरकाण्ड मित्र मण्डलको संयोजनमा यो संचालन हुन लागेको अभियानको सबैपक्षसंग समन्वय र छलफल शुरु भइसकेको सदस्य बृजेश बहादुर सिंहले जानकारी दिनभयो । अस्पतालको दक्षिणतर्फको पार्कमा खाना बितरण हुनेछ ।

बिहान साढे सात बजेदेखि ९ बजेसम्म टोकन बितरण गरिने र ११ बजेदेखि २ बजेसम्म खाना बितरण गरिनेछ । ‘खानामा दाल, चामल, तरकारीको सादा भोजन बितरण गरिन्छ,’ सिंहले भन्नुभयो, सरकारी अस्पतालमा खासगरी आर्थिक रुपले समस्यामा परेका व्यक्तिहरु नै उपचारका लागि आउने गर्छन, उनीहरुलाई खानाका लागि सहज भनेर यस्तो गर्न लागेका छौं’

बिहान बितरण गरिने टोकनै आधारमा खाना तयार गरिने छ र सोही अनुसार नै खाना पनि बितरण गरिने जनाइएको छ । साथै अस्पतामा तत्काल आएका र टोकन लिन नसकेकालाई पनि खाना बितरण गरिने आयोजकको तयारी छ ।

साताको ६ दिन बितरण हुने खाना अभियानलाई व्यवस्थित र स्वच्छतायुक्त बनाउनका लागि प्रत्येकको नेतृत्वकर्ता समेत बनाएको छ । शनिबार, चाडपर्वबाहेक सबै दिन संचालन हुने अभियान अन्तर्गत आइतबार सिंह, सोमबार सिबु सिग्देल, मंगलबार जितेन्द्र सोनल, बुधबार प्रेमलाल शाह, बिहीबार प्रशान्त बिष्ट र शुक्रबार भागीरथ मुन्द्राको नेृत्वमा खाता बितरण हुनेछ । सो अभियानका लागि अस्पतालका अध्यक्ष, मेसुसंग सम्झौता समेत गरिसकिएको छ ।

Previous articleजमुनाहामा सशस्त्र प्रहरीको विओपी पोष्ट
Next articleकोभिड–१९ को नयाँ मापदण्ड : कस्ताले पाउँछन निःशुल्क परीक्षण र उपचार ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here