खजुरामा उपचारात्मक योग शिविर संचालन

खजुरा । बाँकेको खजुरा गाउँपालिकाले नागरिकको स्वास्थमा ध्यान दिँदै उपचारात्मक योग शिविर संचालन गरेको छ ।

खजुरा वडा नं-३ रहेको कालिका मन्दिरको परिसरमा अवस्थित आयुर्वेदिक शाखाले शुक्रबारदेखि एक हप्ताका लागि योग शिविर संचालगन गरिएको शाखा प्रमुख किरण खनालले जानकारी दिनुभयो ।

गाउँपालिकाकी सामाजिक बिकास संयोजक कृष्णा कुमारी पोख्रेल बिकको प्रमुख आतिथ्यतामा शुरु गरिएको शिविरमा वडाअध्यक्ष पुर्ण बहादुर भणडारी, लेखा अधिकृत प्रदीप सुनार लगायतको उपस्थिति तथा योग गुरु गौरी शंकर मण्डल पतान्जलिका धर्मराज पोख्रेलको सहभागितामा उक्त कार्यक्रम उद्घाटन गरिएको थियो ।

कार्यक्रममा कबिराज गौरी शंकर मनडलले योगले मानव शरीरमा हुने फाइदाको बारेमा चर्चा गर्नुभएको थियो । बिहान ५ बजेदेखि ७ बजेसम्म उक्त शिविर संच संचालन भईरहेको आयुर्वेदिक शाखा प्रमुख खनालले जानकारी दिनुभयो ।

शिविरमा शुरुको दिन ३० जनाको सहभागी भएपनि आगामी दिनमा संख्या बढने आयोजकको जनाएको छ ।

Previous articleबाँके प्रशासनले नष्ट गर्यो नौं लाख बढीको पटाकाजन्य सामाग्री
Next articleराप्रपा नेपालको नेपालगञ्जमा बिरोध सभा गर्दै, अध्यक्ष थापाले सम्बोधन गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here