बाँके प्रशासनले नष्ट गर्यो नौं लाख बढीको पटाकाजन्य सामाग्री

नेपालगञ्ज । नेपालगञ्ज भित्रिन लागेको ठुलो परिमाणको पटकाजन्य सामाग्री नियन्त्रणमा लिएर प्रशासनले नष्ट गरेको छ ।

भारतको रुपैडिहा बजारबाट खरिद गरी नेपाल भित्रिन लागेको करिब नौ लाख बढी रुपैयाको पटाकाजन्य सामाग्री नियन्त्रणमा लिएर बाँके प्रशासनले नष्ट गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार हालसम्म नेपाल भित्रिन लागिएको करिब नौं लाख ४६ हजार ४ सय ८२ रुपैया बराबरको पटाकाजन्य सामाग्री नियन्त्रण गरी नष्ट गरिएको छ ।

पटाकाजन्य सामाग्री अबैध भएकाले यसको खरिद, बिक्री तथा प्रयोग गैरकानूनी मानिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

सीमा क्षेत्रमा नेपालतर्फ खटिएका सुरक्षाकर्मीले चाडपर्व लक्षित सुरक्षा योजना-२०८० कार्यान्वयन अन्तर्गत हालसम्म सो परिमाणमा पटाका नियन्त्रणमा लिएका हुन् ।

Previous articleनेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट
Next articleखजुरामा उपचारात्मक योग शिविर संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here