राप्रपा नेपालको नेपालगञ्जमा बिरोध सभा गर्दै, अध्यक्ष थापाले सम्बोधन गर्ने

नेपालगञ्ज । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका कमल थापा शुक्रबार नेपालगञ्ज आउनुभएको छ ।

राप्रपा नेपाल बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न अध्यक्ष थापा नेपालगञ्ज आइपुग्नुभएको हो ।

राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिँदै आएको राप्रपा नेपालका जिल्लाका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले बताउनुभयो ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण गर्न जिल्ला केन्द्रीत कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।

सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री राजाराम बर्तौला, सहमहामन्त्री रमेश अर्याल, हिक्मत ढकाल, दिपेन्द्र बहादुर सिंहलगायतले सम्बोधन गर्ने र विभिन्न व्यक्तिहरू पार्टी प्रवेश गर्ने समेत पार्टीले जनाएको छ ।

Previous articleखजुरामा उपचारात्मक योग शिविर संचालन
Next articleमुख्यमन्त्री कोहलपुर गोल्डकप : ३-० ले पराजित गर्दै चर्च व्वाईज फाइनल प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here