रक्तदान गरी मानवीय अभियानमा जुट्न समाजको अनुरोध

नेपालगञ्ज । भूकम्पबाट प्रभावितहरुको उपचारका लागि रगतको आवश्यकता हुने भएको हुँदा रक्तदान गरी मानवीय कार्यमा सहभागि हुन नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेले आग्रह गरेको छ ।

शुक्रवार राती जाजरकोट र रुकुम पश्चिममा केन्द्र बिन्दु भएर गएको भूकम्पबाट घाइतेहरूको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ ।

उपचारार्थ भर्ना भएका घाइतेहरुलाई रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीको नेपालगञ्जस्थित रक्त सञ्चार केन्द्रमा खुल्ला रक्तदान समेत भइरहेको छ ।

तर घाइतेहरुको संख्या बढ्न सक्ने र रगतको आवश्यकता पनि बढ्न सक्ने अवस्थालाई मध्यनगर गर्दै बाँकेका स्वयंसेवी रक्तदाताहरुलाई रक्तदान गरी मानवीय अभियानमा सहभागी हुन समाज बाँकेले हार्दिक अपिल गरेको हो ।

‘यस्तो संकटको घडीमा सम्पूर्ण मानवबीच सहयोगी भावनाका साथ एकजुट भएर लाग्नुपर्ने भएकोले सम्पूर्ण रक्तदाता ज्यूहरुलाई रक्तदान गरी सहयोग गर्न अनुरोध गर्न चाहन्छौं,’ समाज बाँकेकी अध्यक्ष दिला शाहले भन्नुभयो ।

साथै उहाँले बाँकेका पालिकास्तरमा रहेका सबै उपशाखाका रक्त अभियन्ताहरुलाई पनि यो अभियानमा साथ दिन अनुरोध गर्नुभएको छ । समाजले बाँकेका स्थानीय तहमा पालिकास्तरीय स्वयंसेवी रक्तदाता समाजको उपशाखाहरु गठन गरेको छ ।

उपशाखाहरुले नियमित रुपमा रक्तदान गरी रगतको अभावमा रहेकाहरुलाई जीवनदान गरेर मानवीय कार्यमा सहयोग गर्ने तथा रक्तदान गर्न प्रेरित गर्ने अभियान संचालन गर्दै आएको समाज बाँकेका सचिव भिष्म लोधले जानकारी दिनुभयो ।

Previous articleमुख्यमन्त्री कोहलपुर गोल्डकप : त्रिभुवन आर्मी विजयी शुरुवात
Next articleभुकम्पमा घाइतेको उद्वारका लागि डुडुवाद्वारा एम्बुलेन्सको व्यवस्था

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here