भुकम्पमा घाइतेको उद्वारका लागि डुडुवाद्वारा एम्बुलेन्सको व्यवस्था

नेपालगञ्ज । भुकम्प पिडितहरुको उद्वार र उपचार सेवा अहिले भईरहेको छ । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट थुप्रै मानिसहरु प्रभावित भएका छन ।

बाँकेका डुडुवा गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्वार तथा अस्पतालसम्म पुरयाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा पठाएको छ । गाउँपालिकाले आज राती दुई जना चालकसहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको जनाएको छ ।

जाजरकोट अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.दयाराम यादव विदामा रहेकाले एक्कासी घटेको घटनापछि उपचारका लागि अहिले जाजरकोट अस्पतालसम्म जाने व्यवस्था मिलाइएको छ । डुडुवाले एक वटा एम्बुलेन्सको व्यवस्था गरि दुई जना चालकसहितको टोलीसंग डा.यादवलाई पठाइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

अध्यक्ष चौधरीका अनुसार भुकम्पमा परि घाइते भएकाहरुको उपचारको बेलामा सदरमुकाम जान नसकेका चिकित्सकलाई एम्बुलेन्सको व्यवस्था गरि अस्पतालसम्म पुरयाउने व्यवस्था मिलाइएको छ । उहाँले यहाँबाट जाने एम्बुलेन्सले जिल्लामा अन्य विरामीहरुलाई समेत अस्पतालसम्म पुरयाउनमा सहयोग गर्ने बताउनुभयो ।

जिल्लाका भुकम्प पिडितहरुलाई जिल्ला अस्पताल तथा अन्य जिल्लाका अस्पतालसम्म पुरयाउनका लागि एम्बुलेन्स खटाइएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको आइतबार बस्ने कार्यपालिकाको बैठकले भुकम्प पिडितका लागि थप सहयोग तथा कार्यक्रमका बारेमा निर्णय गर्ने जनाइएको छ ।

Previous articleरक्तदान गरी मानवीय अभियानमा जुट्न समाजको अनुरोध
Next articleभुकम्प प्रभावित ३२ जनाको बाँकेमा उपचार हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here