मुख्यमन्त्री कोहलपुर गोल्डकप : त्रिभुवन आर्मी विजयी शुरुवात

कोहलपुर । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौंले (३-१) गोलले वि.एफ.सी. चितवन क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

चौथो दिनमा भएको त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन विच भएको खेलमा त्रिभुवन आर्मीले (३-१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेल सुरु भएको १० मिनेटमा वि.एफ.सी. चितवन क्लबका खेलाडि सुजित बुढाथोकीले १ गोल हान्नुभएको थियो । त्यसको विरुद्ध त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले २७ मिनेट र मान बहादुर बुढामगरले ५६ र ६९ मिनेटमा २ गोल गरी ३ गोल हान्नुभएको थियो ।

त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले म्यान अफद म्याज धोषित हुनुभयो । रोयल नेपालगञ्ज फुटबल क्लबका अध्यक्ष सुर्यमणी अधिकारी र समाजसेवी अञ्जना पाण्डेद्धारा बस्नेतलाई नगद रु ५ हजार रकम हतान्तरण गरिएको थियो ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्लले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभएको छ । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताउनुभएको छ ।

भोली एभिनियर एफ.सी. (क्यामरुन) र दुधौली स्पोर्ट क्लब विच प्रतिस्पर्धा हुने
कोहलपुर नगरपालिका २ तेह्र विगाहमा सञ्चालनमा रहेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा भोली (आइतबार) एभिनियर एफ.सी. क्यामरुन र दुधौली स्पोर्ट क्लब सिन्धुली विच खेल हुने खेल संयोजक मल्लले जानकारी दिनुभएको छ । ३ बजेबाट खेल सुरु हुनेछ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

Previous articleकन्सर्टबाट हुने आम्दानी भुकम्प प्रभावितलाई सहयोग गरिने
Next articleरक्तदान गरी मानवीय अभियानमा जुट्न समाजको अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here