भुकम्प प्रभावित ३२ जनाको बाँकेमा उपचार हुँदै

भेरी अस्पतालमा चिकित्सकले उपचार गर्दै

नेपालगञ्ज । शुक्रबार जाजरकोट र रुकुमपश्चिम केन्द्र बिन्दु भएर गएको भुकम्पमा परि घाइते भएकाहरुले ३२ जनाको बाँकेका अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बाँकेका अनुसार घाइते भएकाहरुमध्ये शनिबार राती ९ बजेसम्म बाँकेमा उपचारका लागि ३२ जना प्रभावित बिरामी ल्याइएको छ ।

उपचाररत बिरामीमध्ये २ जना सिकिस्त छन् भने ३० जना खतरा मुक्त रहेका छन् । केन्द्रका अनुसार १ जनाको अस्पताल पुर्याउनु अघि नै मृत्यु भएको थियो । उहाँको शव आइतबार जाजरकोट पठाउने ब्यवस्था केन्द्रले मिलाएको छ ।

बाँकेमा उपचाररत बिरामीहरुको निःशुल्क उपचारका साथै बिरामी र कुरुवाका लागि लगाउने कपडा, बेड बिस्तरा, पिउने मिनिरल पानी, फलफूल लगायत अत्यावश्यक कुराहरुको समेत व्यवस्था मिलाइएको केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारीलगायतको सक्रियतामा नेपालगञ्जस्थित भेरी अस्पताल तथा मेडिकल कलेजमा ३२ जना उपचाररत घाइतेहरुको उपचारको सफल ब्यवस्थापन भएको केन्द्रले जनाएको छ ।

Previous articleभुकम्पमा घाइतेको उद्वारका लागि डुडुवाद्वारा एम्बुलेन्सको व्यवस्था
Next articleपिन नेपालगञ्जको कार्यक्रम : एकजुट भई पिडितको सहयोगमा लाग्न आह्वान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here