टिम बाइपासको अध्यक्षमा पुनः ओबिराज चयन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१ र-१८ मा रहेको युवाहरुको समूहले पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा संचारकर्मी ओबिराज आचार्यलाई चयन गरेको छ ।

समाजसेवालाई प्रमुख प्राथमिकता राखेको संस्थाले हालसम्म सामाजिक सेवाका विभिन्न कार्यक्रम गरिसकेको छ । २ वटा वडाका युवाहरूले मुलत सामाजिक कार्य गर्ने उद्देश्यले २०७८ सालमा टिम बाइपासको स्थापना गरेका हुन ।

संस्थाले हालसम्म आफ्ना वडाहरुमा बिपन्न स्थानका मानिसहरु तथा अन्यका लागि आफ्नो घर नभएका बहालमा बस्नेहरुका लागि समेत कृया बस्ने घर र सम्पुर्ण लाग्ने खर्चको व्यवस्था समेत गर्दै आएको छ ।

संस्थाले सरसफाइ लगायतका कार्यमा स्थानीय सरकारसँग सहकार्य गर्दै आएको छ । नवनिवार्चित पदाधिकारीहरुमा उपाध्यक्षमा नेत्र ज्ञवाली, सचिवमा सुनिल घिमिरे, कोषाध्यक्षमा निल बहादुर ओली रहनुभएको छ भने सदस्यहरुमा हेमन्त अधिकारी, लक्षमण पन्थी, सुनिल उपाध्याय रहनु भएको छ ।

Previous articleकान्स रेडकार्पेटमा हिंड्ने पहिलो नेपाली कलाकार अभिनेत्री सुरक्षा पन्त आउँदै
Next articleसूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here