पाकिस्तानको पञ्जाबमा डाँका र प्रहरीबीच झडप, ६ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोरमा शनिबार छ जना डाँकाको प्रहरी कारबाहीमा गोली लागि मृत्यु भएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक इरताजा कुमैलका अनुसार डाँकाहरू एक चिकित्सकको घरमा पसेर उनको परिवारलाई बन्धक बनाई बहुमूल्य सामानहरू लुट्ने क्रममा प्रहरीले सुराकीका आधारमा उक्त समूहलाई कारबाही गरेको थियो ।

बन्धक बनाइएका चिकित्सकको परिवारमध्ये एक छोरी सावधानीपूर्वक छतमा पुगी प्रहरीलाई डाँका समूहबारे जानकारी गराउँदै सहयोगका लागि प्रहरीलाई फोन गर्न सफल भएकी र उनको सुराकीको आधारमा नै प्रहरीले डकैती गर्ने ती व्यक्तिहरूलाई कारबाही गरेको थियो ।

आक्रमणका क्रममा बन्धक बनाइएका सबै व्यक्ति सुरक्षित रहेको प्रहरीले पुष्टि गरेको छ । मारिएका डाँकाहरूको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleनेपालमा अझै साढे ५ प्रतिशत जनसंख्यामा शौचालय अभाव
Next articleपत्रकारले तेल माग्छन प्रहरीको आरोप : नामावली सार्वजनिक गर्न संगठनहरुको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here