
नेपालगञ्ज । बाँकेमा चोरी मुद्दामा २९ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी मुद्दामा फरार राप्तीसोनारी गाउँपालिका वडा नं-७ साविक फत्तेपुर-३ का सुखलाल बढई पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार डाँका चोरी मुद्दामा २९ वर्षदेखि फरार ६० वर्षीय बढईलाई पक्राउ गरिएको छ ।
जिल्ला अदालत बाँकेको २०५१ चैत्र ८ गतेको फैसलाले चोरी मुद्दामा बढईलाई पाँच वर्ष ११ महिना ३ दिन कैद र पाँच हजार दुई सय ८६ रुपैया जरिवाना सुनाएको थियो ।
बढईलाई आज (बिहीबार) पक्राउ गरेर अदालतमा उपस्थित गराइएको बाँके प्रहरीले जनाएको छ ।





