लागू औषध ब्राउन सुगरसहित भारतीय युवा नेपालगञ्जमा पक्राउ

नेपालगञ्ज । बाँकेमा लागू औषध ब्राउन सुगरसहित एक भारतीय युवा पक्राउ परेका छन् । भारतीय बजार रुपैडिहा हुँदै नेपालगञ्ज आउन लागेका १९ वर्षीय चाँद शाहलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जैसपुर र लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट खटिएको टोलीले लागू औषध ब्राउन सुगरसहित भारतको जिल्ला बहराईच थाना रुपैडिहाका शाहलाई बिहीबार दिउँसो पक्राउ गरेको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१५ स्थित हड्डी चोक नजिकै नेपालतर्फ आउँदै गरेका शाहलाई शंका लागेर चेकजाँच गर्ने क्रममा लुकाई राखेको ब्राउन सुगर जस्तो धुलो २५ ग्राम २ सय मिलिग्राम फेला परेको बाँके प्रहरीले जनाएको छ ।

शाहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

Previous articleबाँकेमा चोरी मुद्दामा २९ वर्षदेखि फरार एक पक्राउ
Next articleधारा नेपालगञ्ज म्याराथनको तयारी पुरा, के के हुँदैछ यसपटक (विवरणसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here