
नेपालगञ्ज । बाँके प्रहरीले ठुलो मात्रामा लागूऔषध चरेस र अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले पलाता गाउँपालिका वडा नं-३ कालिकोटका ४९ वर्षीय धन रोकायालाई कोहलपुर बसपार्कबाट चरेस र अफिमसहित पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो कोहलपुर नगरपालिका वडा नं-११ स्थित पुरानो बसपार्क नजिकबाट ठूलो मात्रामा लागूऔषध चरेस र अफिमसहित पक्राउ गरिएको ईप्रका कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
पक्राउ परेका रोकायाको साथबाट ३ किलो २०० ग्राम लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ र १ किलो ९०० ग्राम अफिम जस्तो देखिने कालो गिलो पदार्थ बरामद गरिएको उहाँले बताउनुभयो ।
रोकायाको साथबट बोल्ट लेखिएको डिजिटल तौल मेसिन १ थान, पोको कम्पनीको निलो रङ्गको टच मोबाइल १ थान र नगद २५ हजार रुपियाँ पनि बरामद भएको कोहलपुर प्रहरीले जनाएको छ ।





