ईलाका प्रहरी मैनापोखरका सई घुससहित पक्राउ

नेपालगञ्ज । बढैयाताल गाउँपालिका वडा नं-६ मैनापोखरस्थित ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले सई पवन साउदलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

लागुऔषधको मुद्दा मिलाइदिन सहजीकरण गरिदिने भन्दै सावदले सेवाग्राहीसँग घुस माग गरेका थिए ।

सूचना पाउने बित्तिकै अख्तियारको टोली खटिएको थियो । अख्तियारले सावदमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ।

Previous articleलुम्बिनी चिनी मिलबिरुद्ध स्थानीय आन्दोलित
Next articleश्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here