१६ दिने अभियान तथा एड्स दिवस : नेपालगञ्जमा दिप प्रज्वलन

नेपालगञ्ज । बिश्व एड्स दिवसको पूर्वसन्ध्या तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरिएको छ ।

२५ नोभेम्बरदेखि शुरु भएको १६ दिने अभियान तथा शुक्रबार मनाइने बिश्व एड्स दिवसको अवसरमा माइती नेपालको आयोजनामा बिहीबार साँझ नेपालगञ्जको बीपी चोकमा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख महिला बिकास अधिकृत मञ्जु पाण्डेय, महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख प्रहरी निरीक्षक महेश्वरी बिष्ट, नेपालगञ्जकी निवर्तमान उपमेयर उमा थापा, साथी संस्थाकी केन्द्रीय सदस्य सरस्वती शर्मा, ए एच एफ नेपालका कार्यक्रम संयोजक सञ्जय पौडेल, शक्ति समूहकी कार्यक्रम संयोजक निर्मला पौडेल, साना हात नेपालकी कार्यक्रम संयोजक अम्बिका थापा, महिला अधिकारकर्मी साहिला शाह वाहिदी आइ एन एफ संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार १६ दिने अभियान र बिश्व एडस दिवसको अवसरमा देशैभरका शाखामार्फत बिबिध कार्यक्रमहरु हुने गरेको छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लेंगिक हिंसा बिरुद्ध १६ दिने अभियान तथा डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवस मनाइने गरिन्छ ।

Previous articleविपद् प्रतिकार्यका लागि तयार रहन बाँकेका प्रजिअ पोखरेलको अनुरोध
Next articleइन्धनको मूल्य घट्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here