नेपालगञ्जलाई बालमैत्री स्थानीय शासन पालिका घोषणा गर्ने मिति तय

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन पालिका घोषणा मिति तय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर, उपमेयर, कार्यपालिका सदस्य, वडा अध्यक्ष एवं सरोकारवालाहरुले संयुक्त रुपमा नेपालगञ्जलाई बालमैत्री स्थानीय शासन पालिका घोषणा मिति तय गरेका हुन ।

नेपालगञ्जमा आयोजना गरिएको दुई दिने अभिुखिकरण कार्यक्रमको समापनमार्फत नेपालगञ्जलाई २०८३ असार मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले तोकिएको समय सीमाभित्र लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उपमेयर कमरुद्दिन राईले बालमैत्री शासनका लागि थुप्रै चुनौती रहेपनि सबैको प्रयास र हातेमालोबाट सम्भव रहेको बताउनुभयो ।

जनप्रतिनिधि र सरोकारवालालाई बालमैत्री शासन कार्यान्वयनका लागि प्रतिबद्ध बनाउन अभिमुखीकरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख महिला विकास अधिकृत मन्जु पाण्डेले बताउनुभयो ।

नेपाल सरकारले सन् २०३० सम्म मुलुकलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिएको नेपालगञ्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत पबित्रा पुरीले बताउनुभयो ।

अभिमुखिकरणमा बालमैत्री स्थानीय शासनका लागि आवश्यक कुराहरु, बालमैत्री बन्न गर्नुपर्ने कार्य, नेपालगञ्ज उपमहानगरपालिकाभित्र बालबालिकाको अवस्था, बालविवाहको अवस्था, बालश्रमको अवस्था लगायतका बिषयमा बालबालिकाका क्षेत्रमा कार्यरत बाल अधिकारकर्मी भिमराज अवस्थीले प्रशिक्षण दिनुभएको थियो ।

Previous articleइन्धनको मूल्य घट्यो
Next articleमानव बेचबिखनको आरोपमा नेपालगञ्जबाट एक महिला पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here