परिवर्तनका संवाहकहरुकाे सम्मान तथा बिदाई

बारबर्दिया । बर्दियाकाे बारबर्दिया नगरपालिकामा रहेका परिवर्तनका संवाहकहरुलाई सम्मान कार्यक्रम गरि बिदाई गरिएको छ ।

बारबर्दिया नगरपािलकामा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत १० बर्ष देखि २० वर्षका किशोर-किशोरीहरुलाई विदाका दिन शुक्रवार र शनिवार कक्षा संचालन गरि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, निर्णय र अधिकार, लैगिंक समानता लगायत बिभिन्न सकारात्मक बिषयमा कक्षामा सेसनहरु संचालन गएिको थियो ।करिब १८ महिनासम्म संचालन गरिएको कक्षामा २ सय किंशोर-किशोरीहरुको सहभागिता रहेको थियो । कक्षामा सबै सेसनहरु समाप्त भएपश्चात किशोर-किशोरीहरुलाइ परिवर्तनका संवाहकका रुपमा बिदाइ गरिएको हो ।

परिवर्तनका संवाहकहरुले समुदायमा दौतरी शिक्षामार्फत वाल विवाह रोकथाममा बिशेष रुपले अभियान संचालन गरि समुदायलाई बाल विवाह घोषणा अभियानमा सहयोग पुर्याउने आशा लिएको कुरा बि-ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशलले बताउनु भयो ।परिवर्तनका संवाहकहरुले समुदायमा बाल विवाह जस्ता हानिकारक अभ्यासमा आफ्नो सकारात्मक भुमिका खेल्ने र यसले समुदायमा सकारात्मक परिवर्तन आउने कुरामा प्लान नेपालका परियोजना अधिकृत बिमल गैरेले बताउनुभयो ।

कार्यक्रममा परिवर्तनका संवाहक किशोर-किशोरीहरुलाई प्रमाण पत्र र उपहार हस्तान्तरण गरि सम्मान गरिएको थियो । कार्यक्रममा किशोर-किशोरीहरुले नाचगान तथा गितहरु प्रस्तुत गरेका थिए ।कार्यक्रम सिओसी कक्षा ब्यवस्थापन समितिका अध्यक्ष मिरा परियारको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज शर्मा, शिक्षा शाखाका खोमराज काफ्ले आफ्नो बिचार राख्नुभएको थियो । कार्यक्रममा स्थानीय बडघर र अभिभावकहरुकाे उपस्थिती रहेको थियो ।

भेरी वातावरणीय बिशिष्टता समुह (वि-ग्रुप) र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजना गरिएको थियो भने बि-ग्रुपका शिक्षा कार्यक्रम प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Previous articleराप्तीसोनारीमा युनियन बाँकेको बैठक सम्पन्न
Next articleबाँकेकाे एक सामुदायिक वनबाट भरुवा बन्दुक बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here