
नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँके शाखाको राप्तीसोनारी गाउँपालिकामा बसेको बैठकले विभिन्न महत्वपुर्ण निर्णय गरेको छ । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकालको अध्यक्षतामा बसेको बैठकले स्थानीय मिडिया हाउसको संस्थागत विकास, पत्रकारहरुको व्यवसायीक क्षमता अभिवृद्धिका लागि काम गर्ने बारेमा निर्णय गरेको छ ।
प्रेस युनियन बाँकेले पहिलो पटक राप्तीसोनारीमा बैठक गरेको हो । बैठकले आगामी दिनमा बाँकेका स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने, बाँकेका विभिन्न सञ्चार गृहमा कार्यरत श्रमजीवी पत्रकारहरुले नियमित रुपमा तलब नपाउने गरेको समस्यालाई समाधानका लागि आवश्यक छलफल गर्ने, स्थानीय संचार संस्थाहरुको संस्थागत विकासको लागि योजना बनाएर काम गर्ने बारेमा निर्णय गरेको छ ।





