बाँकेकाे एक सामुदायिक वनबाट भरुवा बन्दुक बरामद

नेपालगञ्ज । बाँकेकाे एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक फेला परेकाे छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं-५ स्थित कन्या राजा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलबाट सोमबार साँझ एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

वनका चौकीदार माघु थारुले जङ्गलमा बन्दुक रहेको देखेपछि इलाका प्रहरी कार्यालय बैजापुरलाई जानकारी गराउनुभएकाे थियाे । बाँके प्रहरीले साे बन्दुक बरामद गरी थप अनुसन्धान शुरु गरेकाे जनाएको छ । 

Previous articleपरिवर्तनका संवाहकहरुकाे सम्मान तथा बिदाई
Next article२३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here