सुनका गहनासहित एक भारतीय नागरिक नेपालगञ्जमा पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले ७० ग्राम सुनका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१० स्थित चारबाहिनीबाट जमुनाहातर्फ जाँदै गरेको एक जना भारतीय नागरिकलाई तयारी सुनका गहनासहित मंगलबार पक्राउ गरेको हो ।

यूपी ४० एयू ४१९९ नम्बरको मोटरसाईकलमा भारत जान लागेका बाबागंञ्जका ४० वर्षीय बब्लु भनिने संजय कुमार सोनीलाई प्रहरीले शंका लागेर चेकजाँच गर्दा सुनका गहनाहरु भेटिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिनुभयो ।

सोनीबाट २ थान मिनिहार, १ थान मसिनो शिक्री, १० थान नथिया ठुलो सानो, १ थान लकेट, ४ थान कानमा लगाउने झाला, १ थान औंठीसहितको सुन कारोबारको बुधबारको दररेट अनुसार छ लाख ७८ हजार १ सय ५८ रुपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।

साथै सोनीले चलाएको सुपर स्पिलिण्डर मोटरसाइकल १ थान, सामसंग ट्याब १ थान, ग्यारेण्टी वाला ५४ जोर टप, बेरुवा ३१ जोर र रातो पोतेमा पाईपमा लगाएको १ थान बरामद भएको छ ।

Previous articleनेपालगञ्जमा रुख काटेपछि अभियन्ता आक्रोसित
Next articleबाँकी जीवन आम नागरिककाे सेवामा रहने भन्दै बिदा भइन सि.अ.न.मी खडका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here