बाँकी जीवन आम नागरिककाे सेवामा रहने भन्दै बिदा भइन सि.अ.न.मी खडका

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सिनियर अनमी निरीक्षक शितला खडकाकाे सम्मान गर्दै बिदाई गरेकाे छ ।

महाशाखाले बुधबार एक कार्यक्रमकाबीच महाशाखामा कार्यरत सि.अ.न.मि निरीक्षक खड्का सरकारी सेवाबाट अवकाश हुँदै गर्दा सम्मानका साथ बिदाई गरेको हाे ।

खडका नर्सिङ अधिकृतको रुपमा कार्यरत २०४३ सालमा मटेला स्वास्थ्य चौकी सुर्खेतबाट स्थायी सेवा शुरु गर्नु भएको थियाे । सरकारी सेवामा रहँदा विभिन्न ४/५ जिल्लामा रहि सेवा गर्नु भएकी खड्का एक सहयाेगी, जिम्मेवार र ईमानदार स्वास्थ्यकर्मीका रुपमा परिचित हुनुहुन्छ ।

संघीयता पश्चात् समायोजनको क्रममा २०७६ मा नेपालगन्ज स्वास्थ्य महाशाखामा कार्यरत खड्काले नवजात शिशु तथा मातृ सुरक्षा, परिवार योजना तथा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको फोकल पर्सनको जिम्मेवारी निर्वाह गर्नुभएको छ ।

बिदाई कार्यक्रममा जागिर पश्चात् सबैको अवकाश हुने दिन आउने भएता पनि सि.अ.न.मि निरीक्षक खड्का एक असल एवम इमान्दार कर्मचारी रहेको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले बताउनुभयाे ।

प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर खड्काकाे समेत उपस्थिति रहेकाे कार्यक्रममा सहकर्मी सबैले बधाई दिँदै सुखद अवकाश जीवनको शुभकामना दिएका थिए ।

बिदा हुँदै गर्दा खड्काले आफुले जीवनमा स्वास्थ्य सेवामा रहि गुणस्तरीय स्वास्थ्य सेवाका लागि सधै इमानदारी पुर्वक निश्वार्थ सेवा गरेको कुरा बताउँदै संगै काम गर्दा कोही कसैलाइ केही चित्त दुख्ने कुरा भए माफी दिन अनुराेध गर्नुभयाे । उहाँले आफ्नो बाँकी जीवन आम नागरिकको सेवामा निरन्तर सेवामा रहने समेत बताउनुभयो ।

Previous articleसुनका गहनासहित एक भारतीय नागरिक नेपालगञ्जमा पक्राउ
Next articleलागूऔषध दुर्व्यसन विरुद्ध र ट्राफिक सचेतनाका बारेमा अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here