
नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्जबाट ठुलो मात्रामा अबैध प्याज बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१० आर्दश नगरबाट वेवारिसे अवस्थामा रहेको ठुलो मात्राको प्याज बरामद गरेको हो ।
भारतबाट चोरी पैठारी गरि भित्र्याइएको १५ क्विन्टल बढी प्याज बरामद गरिएको वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक हरि बहादुर बिसीले जानकारी दिनुभयो ।
बरामद प्याजको मूल्य करिव एक लाख ८ हजार बराबर रहेको अनुमान गरिएको छ । प्रहरी निरीक्षक बिसी नतृत्वको टोलीले मुकेश पन्तको घर अगाडी बेवारिसे अवस्थामा राखिएको १५ दशमलव ५० क्विन्टल प्याज बरामद भएको हो ।
बरामद प्याज नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरीले जनाएको छ ।





