राजापुर-गेरुवा-भौंरा टप्पा मञ्चले गर्याे रक्तदान, ३० जना सहभागी

नेपालगञ्ज । राजापुर-गेरुवा-भौंरा टप्पा मञ्च, बाँकेद्धारा आज गरिएको रक्तदानमा ३० जनाले रगत दिएका छन् ।

राजापुर क्षेत्रमा जन्मेर बाँकेमा विभिन्न पेशा, व्यवसाय र सामाजिक सेवामा क्रियाशिल व्यक्तीहरुको साझा संस्थाका रुपमा संगठित मञ्चले भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रम गरेको हो ।

मञ्चका अध्यक्ष विरेन्द्र श्रेष्ठले राजापुरकी चेली निशा पुरि थापा र नैना ज्ञवाली चपागागाइलाई रक्त ब्याग हस्तान्तरण गरेर रक्तदान शुभारम्भ गर्नुभयो ।

मन्चका सल्लाहकार कृष्णजङ शाह, कृष्ण जैसि, चक्र बन्धु शर्मा, चन्द्र गुरुङ, रक्त सन्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायत बिशिस्ट ब्याक्तीत्वको उपस्थितिमा गरिएको रक्तदानमा ३० जनाले रक्तदान गर्नु भएको हो ।

उपचारका क्रममा रगत अभावले समस्या ब्यहोर्नु नपरोस् भन्ने हेतुले राजापुरबासीलाइ प्राथमिकतामा राखेर रक्तदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

रक्तदातालाई हार्दिक धन्यवाद दिदै उहाँले आगामी दिनमा पनि मानवीय सेवा लगायतका कार्यलाइ निरन्तरता दिइने जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्जमा उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही
Next articleबाँकेको ईगाउँमा फुटवल प्रतियोगिता शुरू, उद्घाटन खेलमा प्रदेश प्रहरी गण विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here