
राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं-७ को नेबुवाटारमा रहेको शहिद स्वर्गीय दल बहादुर घर्तिमगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ ।
अमेरिकामा बस्दै आउनु भएका नेपालगंज निवासी राजा खानको सहयोगमा उक्त खेल मैदानमा धारासंगै मोटरसहित पानी ट्यांकी जडान गरिएको छ भने आजै उक्त धाराको समेत रिबन काटेर उद्धघाटन गरिएको छ ।
राप्ती सोनारी-७ का वडा अध्यक्ष राम लखन थारुको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खानेपानीसहितको आधुनिक धारा जडान गरिएकोप्रति राजा खानलाई धन्यबाद दिनुभयाे ।
उहाँले बालबालिकाको पहिलो आवश्यकता शिक्षा भएकाले शिक्षासंगै खेलकुदको पनि बिकास होस भन्ने उद्देश्यले खेलकुद सामाग्री बितरण गरिएको बताउनुभयो ।
उहाँले राप्ती सोनारी ७ मा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानलाई अत्यधुनिक बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै राप्ती सोनारी ७ का अध्यक्ष थारुले खेल सामाग्रीको अभावमा खेल्दै आएका खेलाडीहरु खानले खेल सामाग्री र पोशाक दिईएपछि उत्साहित भएको बताउनुभयाे ।
सामाग्री हस्तान्तरण गर्दै खानले खेल मैदानमा नियमित अभ्यास गरिएका खेलाडीहरुलाई अभ्यास सहज गराउनका लागि कमल पुनलाई सामाग्री हस्तान्तरण गरिएको थियो ।
टोल विकास समितिका अध्यक्ष समेत रहनु भएका खेलाडी पुनले सम्भावना बोकेका धेरै खेलहरु प्रशिक्षण तथा खेल सामाग्रीहरु किन्न नसकेकाे उल्लेख गर्नुभयो । उहाँले भन्नु भयो, ´खानमार्फत खेलाडीहरुका लागि सामाग्री तथा आवश्यक ब्यवस्थापनमा पहल हुनेछ ।`
कार्यक्रममा बोल्दै स्मार्ट टोल विकास समितिका अध्यक्ष कालुराम थारुले खेल मैदानमा पानीको व्यवस्था भएकोप्रति खुशि व्यक्त गर्नुभयाे । ´खेलाडीका लागि मात्र नभई सडकमा यात्रा गर्ने यात्रीहरुका लागि समेत सहज हुनेछ,` उहाँले भन्नुभयो । खानले राप्ती सोनारी ७ नं वडालाई खेलकुदका माध्यमबाट चिनाउन सहज सहज बनाउने हेतु ४० थान पोशाक, भलिबल, फुटबल र ब्याटमिन्टन प्रदान गर्नुभएको छ । साे क्रममा सहयोग गर्ने खानलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।





