बाँकेको डुडुवा-५ मा भकारो निर्माण कार्यक्रम

निर्माणाधिन भकारो देखाउँदै वनका अध्यक्ष बोहरा

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं-५ मा रहेको पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समूहले भकारो निर्माण कार्य शुरु गरेको छ । समूहले गुणस्तरीय कम्पोस्ट मल उत्पादन गरी जमिनको उर्वराशक्ति बढाउने लगायत उद्देश्यले भकारो निर्माण कार्य शुरु गरेको हो ।

उपभोक्ता समूहमा आवद्व २७ घरधुरीमा सो भकारो निर्माण गरिन थालिएको छ । सामुदायिक वनका अध्यक्ष बेल बहादुर बोहराले पहिलो चरणमा वनका उपभोक्तामध्ये २७ घरधुरीमा यो कार्य शुरु गरेको जानकारी दिनुभयो ।

लक्ष्य अनुसार पशुपालन गरेका किसानहरु लाभान्वित हुने यस कार्यक्रमले कम्पोष्ट मल उत्पादनमा सहयोग पुर्याउने पनि अध्यक्ष बोहराले बताउनुभयो । उहाँका अनुसार कम्तिमा चार वटा पशु पालेका किसानलाई यसमा समाबेश गरिएको छ ।

भकारो निर्माणमा उपभोक्ताले श्रमदान समेत गरेका छन् । एकीकृत भूपरिधि व्यवस्थापन (इलम) बबरमहल काठमाण्डौंको सहयोग रहेको निर्माण कार्यमा पाँच हजार बराबरको लाभान्वित उपभोक्ताको श्रमदान छ ।

एउटा घरधुरीमा २५ हजार संस्थाको गरी ३० हजारमा डोँडासहित भकारो निर्माण भइरहेको छ । इलमकी फिल्ड कार्यक्रम सहायक लक्ष्मी चौधरीले पहिलो चरणमा वनसँगको सहकार्यमा केही किसानको घरमा कार्य शुरु भएको जानकारी दिनुभयो ।

यसले पशुचौपायालाई आहाराका लागि वनमा लैजाने, किसानले वनमा पशुचौपाया लग्दा समय खर्च हुने जस्ता कुराहरुको बचत होस भन्नका लागि यो कार्यक्रम शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

पशुपति वनमा शुरु गरिएको यस कार्यक्रमलाई डुडुवाकै अन्य सामुदायिक वनमा आवद्व किसानले माग गर्न थालेका छन् । भकारो निर्माणका लागि बजेट कम हुने र एउटै घरमा पशुपालनको संख्या धेरै भएकाले अन्य सामुदायिक वनमा आवद्व किसानसम्म पुग्न गाह्रो भएको संस्थाले जनाएको छ ।

Previous articleनायक भट्टको प्रस्तुतीमा गुन्जयमान भयो महोत्सव
Next articleगायिका समिक्षाको प्रस्तुतिलाई दर्शककाे साथ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here