
नन्दलाल साहू
बाँके । नवदुर्गा किर्तन ग्रुपले शनिबार नेपालगन्जमा महिलाहरुको महापर्व करवा चौथको शुभकामना आदान प्रदान कार्यक्रम तथा प्रतियोगिता गरेको छ । सो अवसरमा समाजसेवी रमारानी वैश्यको संयोजकत्वमा श्रृंगार प्रतियोगिता आयोजना गरिएको हो ।
पचास बढि महिला सहभागी प्रतियोगितामा समाजसेवी कृष्णादेवी पाण्डे प्रथम हुनुभयो भने करवा चौथ क्वीनको उपाधी समेत पाउन सफल हुनुभयो । 
वैश्यका अनुसार नव दुर्गा किर्तन ग्रुप नेपालगन्जले पहिलोपटक करवा चौथ प्रतियोगिता २०७७ को आयोजना गरेको छ। आयोजित कार्यक्रममा पचास बढि महिला सहभागी कार्यक्रममा पर्व विशेष गीतहरुमा नाचगान गरि रमाइलो समेत गरेका थिए । 
कार्यक्रममा सासू वा जेठानीहरुसंग आशिर्वाद लिइएको तथा एक आपसमा शुभकामना आदान प्रदान गरेका छ्न । यसैगरी आउने बुधबार हुने करवा चौथको पर्वका लागि के कस्तो तयारी गर्नुपर्ने वा मनाउन बारे अभ्यास तथा छलफल समेत गरेका थिए । 





