दुई महिनाभित्र बर्दियामा बाघको आक्रमणबाट ६ जनाको मृत्यु

file photo

बर्दिया । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं ४ मा बाघको आक्रमणमा परी एक व्यक्तिको शनिबार मृत्यु भएको छ। गेरुव– ४ राजीपुर गाउँका चौकीदार ६८ वर्षीय लहानु थारुको शनिबार साँझ ६ बजे गाउँदेखि पूर्वतर्फ गेरुवा नदी किनारमा रहेको आवादी जग्गामा चरिचरणका लागि छाडिएका गोरु फर्काउने क्रममा बाघ आक्रमणमा परी मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार सो गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका कारण बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्छ । दुई महिनाभित्र बाघको आक्रमणमा परी बर्दियामा योससँगै ६ जनाको मृत्यु भइसकेको छ।
(रासस)

Previous articleकर्णाली प्रदेशले लक्षण सहित बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने
Next articleकरवा चौथ प्रतियोगिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here