शान्तिपुरमा दोश्रो वडा स्तरीय फुटबल प्रतियोगिता : वडा नं-१ ´बि` र वडा नं-८ बिजयी

file photo

बर्दिया । बढैयाताल गाउँपालिका वडा न-१ स्थित शान्तिपुरमा जारी दोश्रो वडा स्तरीय फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा वडा नं-८ र दाेस्राे खेलमा वडा नं-१ ´बि` बिजयी भएको छ ।

निर्धारण समयावधिमा खेल बराबरी पुगेपछि पेनाल्टी शुट आउटमा गएकाे खेलमा वडा नं-८ ले वडा नं-६ लाई ३ गोलको विरुद्ध ४ गोल गरि बिजयी भएको हाे ।

त्यसैगरि दोस्रो खेलकाे निर्धारित खेलकाे अन्त्यसम्म वडा नं-१ ´बि` ले वडा नं-५ लाई ० गोलविरुद्ध ३ गोल गरि बिजयी भएको हाे ।न्यु शान्ति स्पोर्ट्स क्लबको आयोजना तथा बढैयाताल गाउँपालिका वडा नं-१ को समन्वयमा शुरू फुटबल प्रतियोगितालाई बढैयाताल-१ का वडा अध्यक्ष प्रेम बहादुर थापा र वडा नं-२ का वडा अध्यक्ष डिलादेब गिरिले मैनबत्ती बालेर खेलको उदघाटन गर्नुभएको थियोे ।

अतिथिहरुले फुटबल रेफ्रीलाई हस्तान्तरण गरि खेलको सुरुवात गरिएको थियो । बल हस्तान्तरण गर्दै वडा अध्यक्ष थापाले फुटबल खेलाडीलाई थप हौसला प्रदान गर्न देश बिदेशमा रहेका खेलप्रेमीलाई सहयोग तथा सहकार्यको समेत आह्वान गर्नुभएको छ ।

पुष १६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष प्रेम पुनले जानकारी दिनुभयो । खेलमा प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २५ हजार नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

Previous articleगायिका समिक्षाको प्रस्तुतिलाई दर्शककाे साथ
Next articleबाँके जिल्ला टेबल टेनिस संघकाे अध्यक्षमा प्रशान्त श्रेष्ठ चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here