
नेपालगञ्ज । बाँके जिल्ला टेबल टेनिस संघको अध्यक्षमा प्रशान्त श्रेष्ठ पुन: निर्वाचित हुनुभएकाे छ ।
सोमवार नेपालगन्जस्थित गोल्डेन एबीसी स्कुलमा सम्पन्न संघको साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा अरुण बिक्रम शाह र गौतम सिंह परियार रहनुभएकाे छ । सचिवमा भुमण्डल प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा नितु गुरुङ चयन हुनुभयो ।
संघको सदस्यमा बिकास बहादुर सिंह, बिकास राजभण्डारी, पुर्ण कुमारी थापा, युवराज कोइराला, नरेश यादव, अब्दुल अजिज बागवान रहनुभएकाे छ ।
त्यस्तै साेहि दिन बसेकाे संघको पहिलो बैठकले धन्यवाद ज्ञापन, प्रदेश प्रतिनिधि चयन र सल्लाहकार मनोनयन समेत गरेको छ ।
आगामी पुष १५ गते हुने संघको प्रदेश अधिबेशनको लागि प् श्रेष्ठ, सिंह र शाहलाई प्रतिनिधि चयन गरिएको छ भने सल्लाहकारमा सुभाष सिंह श्रेष्ठ र जितेन्द्र बहादुर हमाललाई मनोनित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी संघको बाँकी रहेको दुई जना सदस्य जिल्ला खेलकुद बिकास समिति बाँकेले मनोनयन गर्नेछ । यसअघि श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशका पुर्ब मन्त्री एवम ओलम्पियन सुरेन्द्र बहादुर हमालले दीप प्रज्वलन गरि साधारणसभाको उदघाटन गर्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, बाँके जिल्ला खेलकुद बिकास समितिका सदस्य रन्जित सिंह सिजापती, बुद्धिचाल महासंघका केन्द्रीय सदस्य प्रतिमा महत लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।





