बित्तीय सहकारीको घोटाला मुद्दामा १९ जना दोषी ठहर

नेपालगञ्ज । बाँकेको पुरानो सहकारीका रुपमा रहेको सहकारी बित्तीय संस्था लिमिटेडको घोटाला मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार अन्तिम फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालत बाँकेका न्यायधीश इन्द्र बहादुर कठायतको एकल इजलासले २१ जनालाई सफाई दिँदै १९ जनालाई दोषी देखाएको छ । अदालत अनुसार सो मुद्दाको फैसलामा लिला प्रसाद वली, गौरव श्रैष्ठ, शारदा कुमारी थापा मगर, सिद्धिकुमार महर्जन, अमर खड्का, रविन्द्र थापा, ओमप्रकाश चौधरी, लिला शाह, तुसार शाह, सन्दिप शर्मा, बलराम यादव, हरदेव बक्स चौधरी, स्थिरमणि बज्राचार्य, किरण श्रेष्ठ, गंगाधर सुवेदी, अरुणकुमार पाठक, गोपाल भण्डारी, सुर्य बिक, सुरजराम खटिक दोषी ठहर भएका हुन् ।

२०७६ साल असोदेखि शुरु रकम घोटाला प्रकरणको मुद्दामा हालसम्म ३३ जना धरौटीमा छुटेका थिए । ४३ करोड रकम अपचलनमा अहिले ७ जना हिरासत छन् भने एक जना देश बाहिर रहेकाले अदालतमा हाजिर भएका छैनन । यो मुद्दामा ४१ जना प्रतिवादी रहेका थिए ।

बाँके जिल्ला अदालतले बुधबार सुनाएको फैसलाको पूर्ण विवरण हेन तलको लिंकमा क्लिक गर्नुहोस

https://supremecourt.gov.np/court/public/media/2023_12/8029d650cb8fa40a602b3f9a58f8c090.pdf

Previous articleपाैष २४ देखि नेपालगञमा आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला हुने
Next articleप्रथम किशोर सिंह राठौर यु-१६ कप : आदर्श हाईस्कुल विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here