गाउँमै सामाजिक सुरक्षा भत्ता विरतण गर्दै डुडुवा

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक बर्ष २०८०-०८१ को प्रथम त्रैमासिक अन्तर्गत साउनदेखि असोजसम्मको भत्ता वितरण गर्न थालिएको हो ।

गाउँपालिकाको वडा नं-२ बेतहनीबाट आज सोमबारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वडा नं-२ का जेष्ठ नागरिकलाई रकम हस्तान्तरण शुभारम्भ गर्नुभयो ।

भत्ता विरतण कार्यको शुभारम्भ गर्दै अध्यक्ष चौधरीले चिसोको मौसममा नागरिकलाई सहजकताका लागि यस वर्ष बैंकका कर्मचारीहरु वडा वडामा पुगेर भत्ता वितरणको कार्य सुरु गरिएकोे बताउनुभयो ।

अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंङ्गिक लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुःखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडा (गाउँस्तर) मै बोलाएर वितरण गर्न लागेको बताउनुभयो ।

भत्ता वितरण कार्यक्रममा पालिकाका उपाध्यक्ष शाहिदा बानो, २ नं.का वडा अध्यक्ष दुर्गाप्रसाद बर्मा लगायतको उपस्थिति रहेको थियो । वडा नं-२ अन्तर्गत प्रहरी चौकीमा आज भत्ता वितरण गर्न शुुरु गरिएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताउनुभयो ।

उहाँका अनुसार पालिकाले आर्थिक वर्षको दोस्रो त्रैमासिकको भत्ताको रकम इएफटी प्रर्णालीको समस्याका कारण खातामा रकम जम्मा नभएकाले पहिलो त्रैमासिकको रकम वितरण गर्न लागिएको र यो रकम पछि वितरण हुनेछ । गाउँपालिकामा पहिलो त्रैमासिकका लागि चार हजार तीन सय ३८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकका वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो ।

वडासचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु चार हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु दुई हजार ६ सय ६०, पुर्ण अपागंता भएका व्यक्ति (क) वर्गलाई प्रतिमहिना रु तीन हजार नौ सय ९०, अपांगता भएका व्यक्ती (ख) वर्गलाई प्रतिमहिना रु दुई हजार एक सय २८ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रतिमहिना रु पाँच सय ३२का दरले रकम वितरण गरिनेछ ।

Previous articleनेपाल स्वास्थ्यकर्मी संघ, बाँकेको बिशेष भेला सम्पन्न
Next article‘राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक’ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here