नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेको बिशेष भेला सम्पन्न

नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी बाँकेको बिशेष भेला जिल्ला कार्यसमिति टेक बहादुर के.सिको अध्यक्षतामा सम्पन्न भएको छ ।निबर्तमान अध्यक्ष सरोज कुमार शाहकाे उपस्थिति रहेको थियो ।

बैठकले बाँके जिल्लाका ८ स्थानीय तहमा संघको स्थानीय तहको अधिबेसन २०८० माघ महिनाको १५ गते भित्र सम्पन्न हुने गरि समन्वय, परिपत्र गर्ने, पालिका तथा जिल्ला तहको अधिवेशन सम्पन्न गर्नका लागि ५ सदस्यीय समिति गठन गरिएको छ ।

जिल्ला कार्यसमितिका अध्यक्ष टेक बहादुर केसीकाे संयोजकत्वमा वनेको उक्त समितिकाे सह संयोजकमा तेज बहादुर वली, सदस्यहरूमा नरेशबाबु श्रेष्ठ, दुर्गा गौतम, राजेश सेन, टामलाल बेल्वासे र जागेश्वर बस्नेत रहनु भएको छ ।

संघ बाँकेको उक्त भेलाको अवसरमा विभिन्न पदमा निर्वाचित हुनु हुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा बधाई कार्यक्रम समेत सम्पन्न गरेको छ ।

प्रजातान्त्रिक जनस्वास्थ्यकर्मी संघ केन्द्रीय बरिष्ठ उपाध्यक्षमा निर्वाचित श्रेष्ठ, लर्ड बुद्ध एजुकेशनली एकेडेमी कर्मचारी संघको केन्द्रीय सभापतिमा निर्वाचित यम बहादुर खड्का , विभागीय अध्यक्षमा निर्वाचित विजय त्रिपाठी, ट्रेड युनियन काँग्रेस जिल्ला कार्यसमिति बाँकेमा सहसचिवमा निर्वाचित अमृता शाही, सदस्य मोहन देवकोटा र हेमन्त शर्मालाई सम्मान गरिएको छ ।

साथै पौष १६ गतेबाट नै स्थानीय तहका आस्थावान स्वास्थ्यकर्मीहरुबीच समन्बय, बैठक तथा अधिबेसन सम्पन्न गर्न जिल्लाको टिम समेत खटिने संघका जिल्ला कार्यबाहक सचिव वलीले बताउनुभयो ।

Previous articleअनेमसंघद्वारा वडा नं-१ मा प्रशिक्षण
Next articleगाउँमै सामाजिक सुरक्षा भत्ता विरतण गर्दै डुडुवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here