
बाँके । जिल्लामा कोरोना महामारी संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस संक्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि १२ कात्तिकमा अस्पताल भर्ना भएकी ती महिलामा १३ कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो । बाँकेमा कोरोना संक्रमितकोको संख्या तीन हजार १ सय ६८ रहेकामा दुई हजार ८ सय ८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय संक्रमितको संख्या २ सय ५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो। (रासस)





