
बाँके । करवा चौथ हिंदू संस्कृतिमा सुहागिन महिलाहरुको लागि विशेष महत्व राख्दछ । पति पत्नीको प्रेम र समर्पणको प्रतीक करवा चौथको पर्व कार्तिक मासको कृष्ण पक्षको चतुर्थीका दिन बडो उत्साह व उमंगले मनाइने गरिन्छ ।
यसपटक यो पर्व १९ गते बुधबारको दिन मनाइने छ । विवाहित स्त्रिहरु करवा चौथको व्रत आफ्नो पतिको दीर्घायु, सुखद दांपत्य जीवनको कामनाका लागि निर्जला व्रत राख्ने गर्छ्न ।
पति पत्नीको रिश्तामा प्यार आस्था समर्पण एवं विश्वासलाई तथा प्रगाढ़ गर्नेवाला यो पर्व तिनको दांपत्य जीवनलाई स्थायित्व प्रदान गर्छ। यही कारण छ कि सदियौदेखि चल्दै आएको छ। यस परंपरालाई आजपनि बडो श्रद्धा व विश्वासले निभाउने गरिन्छ ।
यो व्रत सूर्योदय हुनुभन्दा पुर्व शुरू हुन्छ तथा चन्द्र दर्शन नभए सम्म तक राखिने गरिन्छ । चन्द्रमाको दर्शन पश्चात् व्रत लाई खोलिने नियम छ । साझाको समय चंद्रोदय भन्दा लगभग एक घंटा पहिला सम्पूर्ण शिव (परिवार ९शिव जी, पार्वती जी, नंदी जी, गणेश जी और कार्तिकेय जी० को पूजा गरिने गरिन्छ। पूजनको समय व्रतीले पूर्व दिशामा मुख गरेर बस्नुपर्छ । 
यस दिन सुहागिन महिलाहरुले निर्जला व्रत राख्छन् वा चंद्रमालाई अर्घ्य दिए पश्चात पति श्रीमानलाई छलनीमा दीपक रखेर देख्ने गर्छन् यसपछि पतिले जल पिलाएर पत्नीको व्रत तोड़ने गर्छन् ।
चंद्रमाको पूजाको महत्व :
शास्त्रहरु अनुसार चंद्रमालाई आयु, सुख तथा शांतिको कारक मानिन्छ। मान्यता छ कि चंद्रमाको पूजाले वैवाहिक जीवन सुखी हुनेगर्छ तथा ूपतिू श्रीमानकोआयु लामो हुनेगर्छ ।
अब पतिले समेत रख्न थाले व्रत :
सदियौदेखी चलीआएको यस परंपरामा,महिलाहरु नै आफ्नो पतिको दीर्घायुका लागि उपवास रख्दछ्न । तर अब बदलिदो परिवेशमा जहां महिलाहरु हर क्षेत्र में पुरुषको बराबर आउन थालेका छ्न । त अब पुरुष पनि आफ्नी पत्नीको साथ दिदै व्रत रख्न थालेका छ्न । यसले पति-पत्नीको रिश्तामा प्यार, समर्पण, आस्था र विश्वासमा अधिक मजबूती आउने देखिएको छ । 





