
डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं-५ स्थित राप्ती तटीय वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत संस्थाको १५ औं साधारणसभा सम्पन्न गरेको हो ।
सहकारी अध्यक्ष खिम बहादुर बुढाथोकीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटनमा बोल्दै लुम्बिनी प्रदेशका कृषि तथा भुमि ब्यवस्था मन्त्री भन्डारिलाल अहिर (यादव)ले सहकारीको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्वता जनाउनुभएको छ । उहाँले सहकारी संस्थाले समुदायमा एकअर्कालाई जोड्ने प्रयास समेत गरेको उल्लेख गर्नुभयो ।
उद्घाटनमा सामुदायिक वन महासंघका लुम्बिनी प्रदेश सदस्य महेन्द्र ब शाही, जिल्ला सामुदायिक वन महासंघ बाँकेका सदस्य कर्ण बहादुर बिक, कम्दी वन चेक पोष्ठका जमदार कमल बहादुर बुढाथोकी, ईलाका प्रहरी कार्यालय बनकट्टी क कम्दीका प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर शाह, वन तथा वातावरण समन्वय समिति डुडुवा-५ का सदस्य लाल बहादुर थापा, नव दुर्गा युवा कलबका अध्यक्ष निर्मल चन्द, पदाधिकारी कृपाल देव गिरीको उपस्थिति रहेको सभालाई स्थानीय सामुदायिक वन महासंघ डुडुवाका अध्यक्षसमाजसेवी बेल बहादुर बोहराले संचालन गर्नुभएको थियो ।
साधारण सभामा सहकारी प्रबन्धक भागिराम बोहराले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका फिल्ड सहायक यम बहादुर चलाउनेले कृषि आय आर्जन कार्यक्रम सम्बन्धी सुझाव राख्नुभएको थियो । सहकारीको ११ लाख नाफा रहेको देखिएको छ । सहकारीमा १७ सय सेयर सदस्य रहेका छन् ।





